महत्त्वपूर्ण परमाणु सौदालाई जीवित राख्ने उद्देश्यका साथ राष्ट्रपति ट्रम्पद्वारा अहिलेको लागि ईरान विरुद्ध पुनर्प्रतिबन्ध नलगाउने निर्णय

ट्रम्प सरकारले ईरानका 14 व्यक्तिहरू र संस्थानहरू माथि अर्को चरणको कडा प्रतिबन्ध लगाउने घोषणा गरे तापनि सन् 2015-को महत्त्वपूर्ण परमाणु सौदालाई जीवित राख्ने उद्देश्यका साथ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरान विरुद्ध अहिलेको लागि पुनर्प्रतिबन्ध नलगाउने निर्णय गर्नुभएको छ। ईरान माथि श्री ट्रम्पले छुट दिनुभएको छ भनी एकजना वरिष्ठ अधिकारीले बताए।

सन् 2015-मा ईरान इस्लामिक गणतन्त्र र छ: विश्व शक्तिहरू बीच एउटा महत्त्पूर्ण परमाणु सम्झौतामा हस्ताक्षर भएबापत तेहरान माथिका प्रतिबन्धहरू हट्टाइएको थियो। संयुक्त राज्य अमेरिकाका वित्त मन्त्री स्टिभेन नुचिनले भन्नुभयो, ईरान सरकारले मानवाधिकारहरूको उल्लंघन गर्दा अमेरिका एक मौन दर्शक भएर बस्न सक्दैन।