एनआईए-द्वारा सन् 2015-मा मणिपुरको चन्डेल जिल्लामा 18 जवानहरूको मृत्यु हुनेगरी सेना माथि घात लगाएर गरिएको आक्रमणको आरोपी गिरफ्तार

राष्ट्रिय जाँच एजेन्सी, एनआईए-ले सन् 2015-मा मणिपुरको चन्डेलमा 18 जवानहरूको मृत्यु हुनेगरी सेना माथि घात लगाएर गरिएको आक्रमणको आरोपी नओरेम प्रेमकान्त सिंहलाई गिरफ्तार गरेको छ। आरोपी सिंहलाई सन् 2015-को जून महिनामा मणिपुरको चन्डेल जिल्लामा सेना माथि घात लगाएर गरिएको आक्रमणमा संलिप्त रहेको भेट्टाइएको थियो।

इम्फाल स्थित एनआईए-को विशेष अदालतले सिंह विरुद्ध एउटा गैर-जमानती पक्राउ पुर्जी जारी गरेको थियो र उसलाई अपराधी घोषित गरेको थियो। एजेन्सीले बताएअनुसार, आरोपी सिंह प्रतिबन्धित आतङ्की सङ्गठन ‘काङ्गलि यवोल कन्ना लुप’-सित सम्बद्ध थियो र उसले छैठौँ डोग्रा बटालियनका जवानहरू माथि घात लगाएर गरिएको हमलामा भाग लिएको थियो। आरोपीबारे जानकारी दिनेलाई पुरस्कारस्वरूप दुइ लाख रुपियाँ प्रदान गरिने घोषणा पनि गरिएको थियो।