दक्षिण कोरियाद्वारा विन्टर ओलम्पिक्समा उत्तर कोरियाको सहभागितालाई लिएर वार्ताको लागि प्रस्ताव

दक्षिण कोरियाले अगामी साता उत्तर कोरियासित दक्षिण कोरियाको प्योङच्याङमा आगामी महिनादेखि सुरू हुने विन्टर ओलम्पिक्समा उसको सहभागिताबारे  विस्तृत कुराकानी गर्नका लागि बैठकको एउटा प्रस्ताव राखेको छ।

दक्षिण कोकियाका एकीकरण मन्त्रीले सोलमा भन्नुभयो, दक्षिण कोरियाको तीन सदस्यीय शिष्टमण्डलसित सोमबार सीमावर्ती गाउँ पन्मुनजोममा बैठक गर्न उत्तर कोरियालाई सुझाव दिइएको छ। यसै साता, दुइ मुलुकहरूले दुइ वर्षको अन्तराल पश्चात् पहिलो वार्ता गरेका थिए। उनीहरू सैन्य वार्ता गर्न तथा सैन्य हटलाइन पुनर्स्थापित गर्न सहमत भएका छन्।