वार्षिक राइसिना वार्ताको तेस्रो संस्करणको उद्घाटन मंगलबार इजरायली प्रधान मन्त्री श्री नेतान्याहुले गर्नुहुने

वार्षिक राइसिना वार्ताको तेस्रो संस्करणको उद्घाटन मंगलबार इजरायली  प्रधान मन्त्री बेन्यामिन नेतान्याहुले गर्नुहुने भएको छ। प्रधान मन्त्री श्री नरेन्द्र मोदी , परराष्ट्र मन्त्रि श्रीमती सुषमा स्वराज पनि तीन दिने यस समारोहको उद्घाटन सत्रमा उपस्थित हुनु हुने भएको छ। यस सम्मनेलनमा भू-राजनीतिक मामिला सम्बन्धी बहसमा कैयौं वक्ताहरूले भाग लिनेछन्।

श्री नेतान्यहु भारतको 6 दिने भ्रमणको सिलसिलामा भोली नयाँ दिल्ली आइपुग्न हुनेछ। परराष्ट्र मन्त्रालय र अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा आयोजन हुने यस सम्मेलनमा 90 मुलुकहरूका 150 भन्दा बढि वक्ताहरूले भाग लिने अपेक्षा राखिएको छ।