फसल पर्वको रुपमा जानिने लोरी पर्व आज उत्तर भारतभरि मनाइन्दैछ

फसलको पर्वको रुपमा जानिने लोरी पर्व आज उत्तर भारतभरि, विशेष गरि पञ्जाब, हरियाणा, हिमाचल प्रदेश र दिल्लीमा मनाइन्दैछ।

राष्ट्रपति राम नाथ कोविन्दले लोरीको अवसरमा मानिसहरूप्रति शुभकामना व्यक्त गर्नु भएको छ। श्री कोविन्दले मकर संक्रान्ति र भोली मनाइने पोङ्गलको लागि पनि मानिसहरूप्रति शुभकामना व्यक्त गर्नु भएको छ।

आफ्नो सन्देशमा, राष्ट्रपतिले भन्नुभएको छ, यी पर्वहरू कृषिसित सम्बन्धित छन् हजारौं कृषकहरूका कठोर परिश्रम र मेहनतको रुपमा मनाइन्छ। यी पर्वहरूले उल्लास, स्वास्थ्य र खुशीयाली ल्याउनेछ भन्ने उहाँले आशा व्यक्त गर्नुभयो।