नेपालमा नेकपा माओवादी केन्द्रका 17 मन्त्रीहरूद्वारा सामूहिक राजीनामा

नेपालमा नेकपा माओवादी केन्द्रका 17 मन्त्रीहरूले देउवा मन्त्रिमण्डलबाट सामूहिक राजीनामा दिएका छन्। पार्टीका वरिष्ठ नेता तथा बिनाविभागका मन्त्री गिरिराज मणि पोखरेलले हिजो मन्त्रीमण्डलको बैठकपछि प्रधान मन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा पत्र बुझाउनु भयो। पार्टीले नेकपा एमालेसित चुनावी गठबन्धन गरेको आरोपमा प्रधान मन्त्री शेर बहादुर देउबाले गत वर्षको अक्टोबर महिनामा माओवादी केन्द्रका मन्त्रीहरूका विभाग खोस्नु भएको थियो र उनीहरुलाई बिनाविभाग राख्नु भएको थियो। यद्यपि बिनाविभाग रहेर पनि मन्त्रीहरू सरकारमा रहिरहेका थिए। हालै भएको प्रान्तीय र संसदीय चुनाउमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनले विपुल विजय हासिल गरेको छ। अब फेब्रुवरी 7 तारिख हुने राष्ट्रिय सभा अथवा माथिल्लो सदनको चुनावपछि देशमा नयाँ सरकार गठन हुने भएको छ।