सऊदी अरबद्वारा पहिलोपटक महिलाहरूलाई फुटबल म्याच हेर्ने अनुमति प्रदान

सऊदी अरबले पहिलोपटक महिलाहरूलाई फुटबल म्याच हेर्ने अनुमति प्रदान गरेको छ। यसका साथै अति रूढीवादी मुस्लिम मुलुक सऊदी अरबले लिङ्ग असमानताको कडा कानूनलाई हटाएको छ। हिजो जेद्दाह शहरको स्टेडियम महिला फुटबल प्रेमीहरूले भरिएको थियो।

स्टेडियममा महिलाहरूको उपस्थिति सऊदी अधिराज्यका लागि एउटा महत्त्वपूर्ण क्षण हो। मुलुकलाई आधुनिक बनाउनका लागि सऊदी अरबले शृंखलाबद्ध सुधारहरू गरिराखेको छ।