भारतका थलसेना प्रमुख जनरल रावत नेपालको 3 दिने भ्रमणमा

भारतका थलसेना प्रमुख जनरल बिपिन रावत नेपालको तीनदिने भ्रमणमा हिजो काठमाडौँ पुग्नुभएको छ। उहाँ नेपाली सेनाका प्रधान सेनापति जनरल राजेन्द्र छेत्रीको निमन्त्रणामा जानुभएको हो। थलसेना अध्यक्ष जनरल रावतले नेपाल सेना दिवस समारोहमा विशेष अतिथिको रूपमा उपस्थित हुनुहुनेछ जो नेपाली सेनाको स्थापनाको 250औँ वर्ष मनाउनका लागि आज मंगलबार आयोजित गरिेएको छ। भारतीय र नेपाली सेनाको अत्यन्तै घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहिआएको छ र विशेष अवसरहरूमा एकार्काका सेनाका प्रमुखहरूलाई निमन्त्रणा गरिने प्रचलन रहिआएको छ। नेपाली सेनाद्वारा जारी एक वक्तव्यअनुसार दुई मुलुकका सेनाबीच यस्ता उच्च स्तरीय यात्राहरूले द्विपक्षीय सम्बन्धहरू र परस्पर हितहरूलाई प्रोत्साहित गर्दछन्। नेपाली सेना दिवसको अवसरमा भारतीय सेनाको 14 गोर्खा ट्रेनिङ्ग सेन्टर पाइप्स एवम् ड्रम्स ब्यान्ड र 58 गोर्खा ट्रेनिङ्ग सेन्टरको मिलिट्री ब्यान्ड पनि  आफ्ना प्रस्तुतिका लागि काठमाडौँ पुगेका छन्।