भारतीय सेनाका 2300 सैनिकहरू दक्षिण सुडानमा राष्ट्र संघीय शान्ति रक्षण अभियानमा सामेल हुने

युद्ध जर्जरित अफ्रिकाली मुलुक दक्षिण सुडानमा राष्ट्र संघीय शान्ति रक्षण अभियानमा सामेल हुन लगभग 23 सय भारतीय सैनिकहरू रवाना हुँदैछन्।

सेनाका प्रवक्ता कर्नल अमन आनन्दले युद्ध जर्जरित दक्षिण सुडानमा शान्ति र सामान्य वातावरण कायम गर्ने राष्ट्र संघको प्रयासमा सघाउन लगभग 23 सय भारतीय सैनिकहरू पठाउँदै छ भन्ने जानकारी दिएका छन्। उनले बताएअनुसार राष्ट्र संघीय अभियानमा सामेल हुन गइरहेका भारतीय सैनिकहरू गढवाल राइफल्स रेजिमेन्टको इन्फेन्ट्री बटालियनका हुन्।

सरकारी आँकडाअनुसार भारत जम्मा मिलाएर अहिलेसम्म सर्वाधिक सैनिक योगदाता मुलुक हो जसले विगत 6 दशकमा राष्ट्र संघीय शान्ति रक्षण अभियानमा वर्तमान 16 अभियानहरू लगायत 71 अभियानहरूमध्ये झण्डै 50 मा 2 लाखभन्दा बढी सैनिकहरू उपलब्ध गराएको छ।