श्रीलङ्कामा राष्ट्रिय एकता सरकारको भविष्यबारे राष्ट्रपति सिरिसेना र प्रधान मन्त्री विक्रमेसिंघेबीच मतभेद देखा परे

श्रीलङ्कामा राष्ट्रिय एकत सरकारको भविष्यलाई लिएर राष्ट्रपति मैत्रीपाला सिरिसेना र प्रधान मन्त्री रनिल विक्रेमसिंघे बीच मतभेद देखा परेका छन्।

राष्ट्रपतिले कथित रूपमा प्रधान मन्त्रीलाई पदत्याग गर्न र एकता सरकारको नेतृत्व गरिरहेको उहाँको युनाइटेड नेशनल पार्टी (युएनपि)-को खराब परिणामको जिम्मेबारी लिन भन्नुभएको छ।

राष्ट्रपति कार्यालयले पनि सरकारको भावी राजनीतिक गतिविधिहरू  अथवा स्थानीय सरकारी निकायहरूमा गठबन्धन बनाउनेबारे युएनपि-सित कुनै सम्झौतामा नपुगिएको भन्दै एक बयान जारी गरेको छ।

यसैबीच, युएनपि सासंदहरूको एक वर्गले राष्ट्रपतिको नेतृत्वमा श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपि)-बाट छुट्टिएर उनीहरूको आफ्नै सरकार बनाउने योजना बनाइरहेको छ।

225 सदस्यीय संसदमा युएनपि-का 104 सदस्यहरू छन्। तर एसएलएफपी-का 95 सदस्यहरू राष्ट्रपति र पूर्व राष्ट्रपति महिन्द राजापक्षेबीच विभाजित छन् जसको गठबन्धनले शनिबार भएको स्थानीय निकाय चुनाउमा बहुसंख्यक सीट जितेको थियो।