अमेरिका र दक्षिण कोरिया उत्तर कोरियासित थप कुटनयिक संलग्नताका शर्तहरूमा सहमत

 

अमेरिका र दक्षिण कोरिया उत्तर कोरियासित थप कुटनयिक संलग्नताका शर्तहरूमाथि सहमत भएका छन्. उप राष्ट्रपति माइक पेन्सअनुसार यसबाट वाशिङ्गटनसित बिना कुनै पूर्वशर्त प्रत्यक्ष कुराकानीको सम्भावनातिर बढ्न सकिन्छ।

दक्षिण कोरियामा शीतकालीन ओलम्पिक्सबाट फर्कंदा वाशिङ्गटन पोस्टसित कुरा गर्दै श्री पेन्सले ट्रम्प प्रशासनद्वारा प्योङ्गयाङ्गविरुद्ध अधिकतम चापको अभियान जारी राख्ने तर त्यसैसमय सम्भावित वार्ताका लागि पनि खुल्ला रहने बताउनुभयो।

प्योङ्गयाङ्ग, सोल र वाशिङ्गटन माझ उत्तर कोरियाद्वारा परमाणु शस्त्राश्त्रहरू विकास अनि अमेरिकाद्वारा प्रतिबन्धहरूलाई कडा बनाइने धम्कीहरूका बीच महिनौँ सम्मको तनाउपछि वार्ताका सम्भावना बनेको हो।

अमेरिकाका विदेश मन्त्री रेक्स टिलर्सनले ताजा घटनाहरू कुटनयिक प्रक्रियाको थालनीको सङ्केत हो कि होइन भन्ने छुट्ट्याउनु अहिलेनै अलि हतारिनु हुनेछ भन्नुभएको छ।