नियन्त्रण रेखामा थप सुरक्षा बढाइनेछः प्रतिरक्षा मन्त्री

प्रतिरक्षा मन्त्री निर्मला सीतारमणले जम्मू कश्मीरमा घुसपैठलाई बढुवा दिनका लागि पाकिस्तानले युद्धविरामको उल्लंघन गरिरहेको भन्नुभएको छ।

पत्रकारहरूसित कुराकानी गर्दै उहाँले भन्नुभयो, सीमा क्षेत्रमा घुसपैठलाई रोक्न आधुनिक इलेकट्रोनिक निगरान प्रणाली लगाउन केन्द्र सरकारले उपायहरू गरिरहेको छ।

प्रतिरक्षा मन्त्रीले जम्मूमा सुंजवान आतङ्की हमलाको परिप्रेक्ष्यमा सुरक्षा स्थितिको समीक्षा गर्नुभयो। श्रीमती सीतारमणले भन्नुभयो, जम्मूको पीर पंजल क्षेत्रमा पाकिस्तानले आफ्नो आतङ्की जाल फैलाइरहेको छ। तथापि नियन्त्रण रेखामा घुसपैठ निरोधक प्रणालीहरू जडान गरिएकाले घुसपैठका घटनाहरूमा कमी आएका छन्।

श्रीमती सीतारमणले अझ भन्नुभयो, सरकारले सबै सैन्य संस्थानहरूमा सुरक्षाका लागि फिलिप कम्पोज समितिको प्रतिवेदन लागू गरिरहेको छ र यसका लागि 1487 करोड रुपियाँ आवन्टन गरिएको छ। उहाँले भन्नुभयो, देशमा हिंसा उत्पन्न गर्नका लागि पाकिस्तान प्रायोजित आतङ्कीहरूद्वारा गरिने कुनै पनि प्रयासलाई विफल पार्न र आतङ्कवादी निरोधक रणनीतिको माध्यमले तिनीहरूको सामना गर्न सरकारले आवश्यक पाइला चाल्नेछ।