प्रधान मन्त्री नरेन्द्र मोदी प्यालेस्टाइन, संयुक्त अरब एमिरेट्स र ओमानको तीनदिने यात्रापछि स्वदेश फिर्ता

 

प्रधान मन्त्री नरेन्द्र मोदी प्यालेस्टाइन, संयुक्त अरब एमिरेट्स र ओमानको आफ्नो तीनदिने यात्रा सम्पन्न गरेर स्वदेश फर्कनुभएको छ। विगत 30 वर्षमा कुनैपनि भारतीय प्रधान मन्त्रीको यो पहिलो प्यालेस्टाइन यात्रा थियो।

अल इन्डिया रेडियोका संवाददाताले रिपोर्ट दिएअनुसार यो यात्राले यी तीन मुलुकहरूसित भारतको सम्बन्ध झनै दह्रिलो हुनेछ।

प्रधान मन्त्रीको ओमान यात्राले दुई मुलुकबीच रहिआएको शताब्दियौँ पुराना सम्बन्धहरूलाई अगाडि बढाउनमा मद्दत गरेको छ र व्यापार एवम् लगानी लगायत सबै क्षेत्रहरूमा सम्बन्धहरूलाई उल्लेखनीय गति प्रदान गर्नेछ भनी प्रधान मन्त्रीले भन्नुभएको छ।

श्री मोदीले ओमानको यात्रा उहाँको कुनैपनि ठाउँको भन्दा बढी स्मरणीय यात्रा रहेको भन्नुभएको छ।

संयुक्त अरब एमिरेट्समा भारतका प्रधान मन्त्री नरेन्द्र मोदी र युवराज शेख मोहम्मद बिन जायेद अल नाहयानले वृहत सामरिक साझेदारितालाई थप मजबुती प्रदान गर्न आफ्ना वचनबद्धताको पुनर्पुष्टी गर्नुभयो।

दुवै पक्षले खाडी र हिन्द महासागर क्षेत्रमा नौवहन सुरक्षालाई मजबुत पार्नमा मिलेर काम गर्ने आफ्ना वचनवद्धता दोहोऱ्याए।

प्रधान मन्त्री मोदीले दुबईमा भएको छैटौँ विश्व सरकार सम्मेलनमा विकासका लागि प्रौद्योगिकी विषयमा बीज भाषण पनि दिनुभएको थियो।

भारत र प्यालेस्टाइनबीच सम्बन्धहरूलाई प्रोत्साहन दिनमा प्रमुख भूमिका रहेबापत प्रधान मन्त्री मोदीलाई प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले ग्रान्ड कलर अफ त स्टेट अफ प्यालेस्टाइनको सम्मान पनि प्रदान गर्नुभयो।

प्रधान मन्त्रीले अम्मानमा जोर्डनका शाह अब्दुल्लाहसित अद्भूत बैठक रहेको र यसबाट भारत-जोर्डन सम्बन्ध अरू दह्रिलो हुने बताउनुभयो।