गृह मन्त्री राजनाथ सिंहद्वारा जम्मू कश्मीरमा सुरक्षा स्थितिको समीक्षा

केन्द्रीय गृह मन्त्री राजनाथ सिंहले जम्मू कश्मीरमा सुरक्षा स्थितिको समीक्षा गर्नुभएको छ। सुत्रहरूले जानकारी दिएअनुसार नयाँ दिल्लीमा वरिष्ठ अधिकारीहरूका साथ एक घण्टा सम्म बसेको बैठकमा गृह मन्त्रीलाई राज्यको वर्तमान स्थितिबारे विस्तृत जानकारी दिइएको छ। विशेष रूपले जम्मूमा सेनाको शिविरमा भएको हमला र श्रीनगरमा सुरक्षा बल तथा आतङ्कीहरूबीच गोलीबारीका घटनाहरूको बारेमा उहाँलाई बताइएको छ।

गृह मन्त्रीले समग्र राज्यमा उच्च स्तरीय सुरक्षा व्यवस्था गरिएको र शान्ति खलबलाउने आतङ्कीहरूको प्रयासलाई विफल पार्न पाइलाहरू चालिएको जानकारी दिनुभएको छ।