सर्वोच्च न्यायालयद्वारा चुनाव आयोगलाई संसद र विधानसभा चुनाउका लागि साझा मतदाता सूची सम्बन्धी याचिकाको जवाफको माग

सर्वोच्च न्यायालयले सार्वजनिक धन र श्रम शक्ति बचाउन संसद, विधानसभा र स्थानीय निकायको चुनाउका लागि एक साझा मतदाता सूची सम्बन्धी याचिकाबारे चुनाव आयोगलाई दुइ साता भित्र जवाफ दिन भनेको छ।

प्रमुख न्यायाधीश दीपक मिश्रा, न्यायमूर्ति ए एम खानविलकर र डी वाई चन्द्रचूड सामेल पीठले  5 मार्चमा यस मामिलाको सुनुवाई गर्ने बताएको थियो। पीठले महान्याधिवक्ता के के वेणुगोपाललाई यस मामिलामा  अदालतलाई सहयोग गर्न आग्रह गरेको थियो।

सर्वोच्च न्यायालयले पछिल्लो वर्ष 13 अक्टोबरमा दिल्लीका भाजपा नेता अश्विनी कुमार उपाध्यायद्वारा दायर याचिकामाथि केन्द्र र चुनाव आयोगसित जवाफ मागेको थियो।