मुलुकका विभिन्न भागमा आज महाशिवरात्री पर्व मनाईँदैछ

मुलुकका विभिन्न भागमा आज महाशिवरात्री पर्व मनाईँदैछ। श्रद्धालुहरूले भगवान शिवको पुजा-अर्चना गरिरहेका छन्। यो वर्ष महाशिवरात्री बुधबार सम्म मनाईँनेछ। उत्तर प्रदेशमा पारम्परिक सद्भाव एवम् धार्मिक हर्षोल्लासका साथ महाशिवरात्री मनाईँदैछ। केही जिल्लाहरूमा बुधबार यो पर्व मनाइनेछ।

महा शिवरात्रीको अवसरमा तमिलनाडुको कन्याकुमारी जिल्लामा एक विशिष्ट शिव मन्दिर म्याराथन दौडको समापन हुनेछ। पवित्र शहर वाराणसीमा मुलुकका 12 ज्योतिर्लिङ्गमध्ये एक रहेको काशी विश्वनाथ मन्दिरमा धेरै संख्या श्रद्धालुहरू भेला भएका छन्। यस अवसरमा पवित्र गंगा, यमुना र सरस्वतीको संगम स्थल इलाहबादमा लाखौ श्रद्धालूहरूले पवित्र स्नान गरिरहेका छन्।