दक्षिण कोरियाद्वारा उत्तर कोरियालाई अझ धेरै परिवारको पुनर्मिलन गराउने तर सैन्य तनाव कम गर्ने आग्रह

दक्षिण कोरियाले कोरियाली युद्धमा अलग भएका धेरै परिवारहरूको पुनर्मिलन गराउने व्यवस्थाको प्रयास गर्ने बताएको छ साथै उत्तर कोरियालाई सैन्य तनाउ कम गर्ने आग्रह गरेको छ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेको छ, आफ्नो आधिकारिक प्रतिनिधिमण्डलको भ्रमणले उत्तर कोरियाद्वारा अन्तर-कोरियाली सम्बन्धमा सुधार गरिने बुझिएको छ। दुइ कोरियाली मुलुकहरूले सम्बन्धमा सुधार ल्याउनमा पाइलाहरू चाल्नेछन् तर सम्बद्ध मुलुकहरू र अन्तर्राष्ट्रिय समुदायको सहयोग पनि लिनेछन्।

उत्तर कोरियाका नेता किम जोंग उनकी बहिनी किम यो जोंग सहित एक उच्च स्तरीय प्रतिनिधिमण्डलको तीन दिने  दक्षिण कोरियाली भ्रमण पछि यस्तो वक्तव्य जारी गरिएको हो। उत्तर कोरियाले पनि दक्षिण कोरियाका राष्ट्रपति मून जेलाई वार्ताका लागि निम्ताएको छ।