बाङ्गलादेशले रोहिङ्ग्या शरणार्थीहरूलाई म्यांमार फिर्ता गर्ने प्रक्रियामा राष्ट्र संघलाई शामेल गर्ने

बाङ्गलादेशले रोहिङ्ग्या शरणार्थीहरूलाई म्यांमार फिर्ता गर्ने विवादित प्रक्रियामा राष्ट्र संघलाई शामेल गर्ने एक सम्झौतामा हस्ताक्षर गरेको छ। उप विदेश मन्त्री शाहरिअर आलमले सरकार राष्ट्रसंघ शरणार्थी एजेन्सीसित सम्बद्ध रहेको जानकारी दिनुभएको छ। राष्ट्रविहिन मुस्लिम अल्पसंख्यकका कुनै पनि व्यक्तिलाई उसको इच्छा विरूद्ध फिर्ता पठाएको आरोप नलागोस्  भनेर राष्ट्रसंघको सहयोग लिइने भएको हो। श्री आलमले भन्नुभयो, राष्ट्र संघका अधिकारीहरूको उपस्थितिमा ती शरणार्थीहरूलाई फिर्ति फाराम भर्न लगाइनेछ।

बाङ्गलादेशले म्यामांरका साथ एक सम्झौता गरेको थियो जसमा लगभग 7 लाख रोहिङ्ग्याहरूलाई फिर्ता गरिने भएको थियो।