नेपालमा आज महाशिवरात्रि पर्व धार्मिक हर्षोल्लासका साथ मनाइँदै    

नेपालमा आज महाशिवरात्रि पर्व धार्मिक हर्षोल्लासका साथ मनाइँदै छ। मानिसहरू विभिन्न शिवालयमा पुगेर भगवान शिवको पुजा-अर्चना गरिरहेका छन्। हजारौं भक्तजनहरू काठमाडौंस्थित प्रसिद्ध पशुपतिनाथ मन्दिरमा बिहानैदेखि प्रार्थना गरिरहेका छन्। पशुपतिनाथ मन्दिरका सबै 4 ढोकाहरू बिहान 3 बजेदेखि नै खुला गरिएका थिए। मन्दिर परिसरमा ओम नमः शिवाय र शम्भु लगायतका मन्त्रहरू जप्दै सयौंको संख्यामा साधुहरूले विशेष किसिमका धार्मिक अनुष्ठानहरू गरिरहेका छन्। नेपाल लगायत भारत, श्रीलङ्का र मलेसियाका विभिन्न भागहरूबाट आएका एक लाख भन्दा बढी भक्तजनहरूले पशुपतिनाथ मन्दिरको दर्शन गरेको अनुमान गरिएको छ। शिवरात्रि पर्वको लागि विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको छ।