प्रधान मन्त्रीको सफल खाडी यात्रा

आलेख: पदम सिंह, समाचार विश्लेषक

प्रधान मन्त्री नरेन्द्र मोदीले प्रधान मन्त्रीको पदभार ग्रहण गर्नुभएदेखि मध्य पूर्व एसियासित भारतको सम्बन्धमा विशाल परिवर्तन आएको छ। विगत चार वर्षहरूमा, यो सम्बन्ध सामरिक सम्बन्धमा परिणत भएको छ। प्रधान मन्त्री मोदीको तीन राष्ट्र प्यालेस्टाइन, संयुक्त अरब एमिरेट्स, युएई तथा ओमानको भ्रमणले विश्वको एक सर्वाधिक महत्त्वपूर्ण क्षेत्रमा भारतको पहुँचलाई मजबुत बनाएको छ। प्यालेस्टाइनको सफल भ्रमण पश्चात् श्री मोदीले अबु धाबी र दुबईको भ्रमण गर्नुभयो। दुबईमा सम्पन्न छैठौँ विश्व सरकार शिखर सम्मेलनमा प्रधान मन्त्री मोदी ‘गेस्ट अफ अनर’ अर्थात् सम्मानित अथिति हुनुहुन्थ्यो जहाँ उहाँले ‘प्रौद्योगिकी एवम् विकास’-को विषयमाथि भाषण दिनुभयो।

प्रधान मन्त्री मोदीले युएई-का राष्ट्रपति तथा अबु धाबीका शासक शेख खलिफा बिन जायेद अल नहयन र युवराज शेख मोहम्मद बिन जायेद अल नहयनसित वार्ता गर्नुभयो। उहाँले युएई-का अमीर मोहम्मद बिन राशिद अल मखतौमलाई पनि भेट्नुभयो।

त्यहाँ दुइ पक्षहरू बीच शिष्टमण्डल स्तरीय वार्ताहरू गरियो। युएई-सित भारतको ऊर्जासम्बन्धी सम्झौता सबैभन्दा महत्त्वपूर्ण सम्झौता थियो। आईओसी तथा बीपीआरएल लगायत ओभीएल (ओएनजीसी विदेश लिमिटेड)-को नेतृत्वमा भारतीय कम्पनीहरूको एउटा समूहद्वारा सो सम्झौता माथि हस्ताक्षर गरियो। भारत र युएई बीच जन-शक्तिसम्बन्धी एउटा समझदारी पत्र माथि पनि हस्ताक्षर गरियो। एमिरेट्स 33 लाख भारतीय कामदारहरूको घर हो। रेलवे माथि सम्भाव्यता अध्ययन निम्ति भारतीय रेल मन्त्रालय र युएई-को संघीय सडक एवम् परिवहन प्राधिकरण विभाग बीच एउटा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

उहाँले यो भ्रमणलाई एक विस्तारित समुद्री छिमेकीको भ्रमणको रूपमा हेर्नुहुँदछ तथा खाडी मुलुकहरूसितको संलग्नता भारतको मुख्य प्राथमिकता हो भनी प्रधान मन्त्री मोदीले बताउनुभयो। एमिरेट्ससित भारतको एक बहु-आयामी साझेदारी रहिआएको छ र यो साझेदारीमा हामीले नयाँ स्तम्भहरू थपिरहेका छौँ भनी भारतीय परराष्ट्र मन्त्रालयले एउटा वक्तव्यमा बताएको छ। भारतले आर्थिक स्तम्भ थपि रहेको छ र यो, सामान्यत: अरब एवम् खाडी मुलुकहरूसितको सम्झौतामा वर्तमान सरकारको मुख्य एजेन्डा हो। एमिरेटमा एउटा हिन्दु मन्दिरको निर्माण निम्ति भूमि प्रदान गरेकोमा भारतीय प्रधान मन्त्रीले अबु धाबीका शासक एवम् सरकार प्रति कृतज्ञता प्रकट गर्नुभयो। भ्रमणको अन्तिम चरणमा प्रधान मन्त्री मोदीले सुलतान काबूस बिनको निमन्त्रणमा मस्कटको भ्रमण गर्नुभयो। सुलतान र भारतीय प्रधान मन्त्रीले द्विपक्षीय, क्षेत्रीय तथा वैश्विक मामिलाहरूका समान हित माथि आफ्ना विचारहरू आदान-प्रदान गर्नुभयो। यी वार्तालापहरू सौहार्दपूर्ण एवम् अत्यन्तै मैत्रिपूर्ण वातावरणमा गरियो। हिन्द महासागर र अरब सागरमा एक समुद्री छिमेकीको रूपमा भारत र ओमानले निकट एवम् मजबुत ऐतिहासिक सम्बन्धलाई कायम राखेका छन् भन्ने कुरा माथि दुइ पक्षहरूले जोर दिए। जीवन्त समुद्री व्यापार एवम् सांस्कृतिक आदान-प्रदान संलग्न यस ऐसिहासिक निकट द्विपक्षीय सम्बन्ध विश्वास र आपसी सम्मानको आधारमा सामरिक सम्बन्धमा विस्तार भएको छ।

दुवै पक्षहरूले द्विपक्षीय सम्बन्धको वर्तमान स्थिति विशेषगरी दुरुस्त सुरक्षा एवम् रक्षा सहयोग माथि सन्तोष व्यक्त गरे अनि सामरिक साझेदारीलाई उच्च स्तरमा पुऱ्याउने उद्देश्यका साथ अन्तरिक्ष, साईबर सुरक्षा, ऊर्जा सुरक्षा, नवीकरणीय ऊर्जा एवम् खाद्य सुरक्षा इत्यादि लगायत आपसी हितका नयाँ क्षेत्रहरूमा सहयोग विस्तार गर्न सहमत भएका छन्। दुवै पक्षहरूले भ्रमणको बेला हस्ताक्षर गरिएका विभिन्न सम्झौताहरू र आठ समझदारी पत्रहरूको स्वागत गरे तथा यसले दुइ मुलुकहरू बीच हाल जारी द्विपक्षीय सहयोग विस्तार गर्नुका साथै अझ मजबुत पनि बनाउनेछ।

भारत र ओमानले पश्चिम, मध्य पूर्व तथा दक्षिण एसियामा सुरक्षा स्थिति लगायत क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मामिलाहरूका समान हित माथि आफ्ना विचारहरू आदान-प्रदान गरे। यी फलदायक एवम् उत्पादक वार्तालापहरूले भारतीय उप-महाद्वीपसित खाडी क्षेत्रको सुरक्षा र स्थिरताको निकट अन्तर-सम्बन्धलाई मान्यता दिँदै दुइ पक्षहरूलाई एक-अर्काका चिन्ताका विषयहरू र दृष्टिकोणलाई राम्ररी बुझ्न मद्दत गरेका छन्।

शान्ति एवम् सुरक्षाप्रति आतङ्कवादद्वारा उत्पन्न समान खतराको सह्रनी दुइ पक्षहरूले गरे अनि यो खतरासित निप्टिनका लागि द्विपक्षीय, क्षेत्रीय तथा वैश्विक स्तरमा एकसाथ काम गर्न जारी राख्नका लागि उनीहरू सहमत भएका छन्। कुनै पनि ठाउँ तथा कुनै पनि व्यक्तिद्वारा किन नगरिएको होस्, उनीहरूले आतङ्कवाद र आतङ्की विचारधाराको कडा भर्त्सना गर्दछन् भन्ने प्रतिबद्धता दुइ पक्षहरूले दोहोऱ्याए अनि आतङ्की गतिविधिको लागि त्यहाँ कुनै न्यायसंगत गरिने छैन भनी उनीहरूले घोषणा गरेका छन्। प्रधान मन्त्रीको खाडी यात्राले मजबुत द्विपक्षीय सम्बन्धमा नयाँ जोश भरिदिएको छ।