इसरोले आइआरएनएसएस-1आइ मार्गदर्शक उपग्रहको आफ्नो चौथो र अन्तिम कक्ष उत्थान क्रिया सफलतापूर्वक पूरा गऱ्यो

इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन, इसरो, अर्थात भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले हिजो राति करिब 11 बजेर 5 मिनेटमा आइआरएनएसएस-1आइ मार्गदर्शक उपग्रहको चौथो र अन्तिम कक्ष उत्थान क्रियालाई सफलतापूर्वक पूरा गरेको छ।

भारतीय क्षेत्रीय मार्गदर्शक उपग्रह प्रणाली आइआरएनएसएस-1आइ यो तारामण्डलको एघारौँ र अन्तिम मार्गदर्शक उपग्रह हो।

भारतमा प्रयोगकर्ताहरूलाई सठीक स्थितिको सूचना सेवा प्रदान गर्नका लागि यसको डिजाइन स्वदेशी तवरमा नै तयार गरिएको हो। पोलर उपग्रह प्रक्षेपण वाहन पिएसएलभि-सी41-ले विगत बिहीबार श्रीहरिकोटाबाट यो उपग्रहलाई प्रक्षेपित गरेको थियो।