पाकिस्तानले सिख तीर्थालुहरूसम्म दूतावासीय पहुँचमाथि रोक लगाएकोमा भारतद्वारा विरोध दर्ज

 

पाकिस्तानले पाकिस्तान गएका तीर्थालुहरूसम्म भारतीय कुटनयिकहरू र दूतावासीय टीमहरूको पहुँचमाथि रोक लगाएकोमा भारतले कडा विरोध दर्ज गरेको छ।

एक वक्तव्यमा परराष्ट्र मामिला मन्त्रालयले के भनेको छ भने यो अचम्मको कुटनयिक अभद्रता भिएना सम्झौता, धार्मिक तीर्थस्थलहरूको यात्रासम्बन्धी द्विपक्षीय सम्झौता र भारत तथा पाकिस्तानमा कुटनयिक एवम् दूतावासीय कर्मीहरूका लागि आचार-संहिताको स्पष्ट उल्लङ्घन हो।

लगभग 1800 सिख तीर्थालुहरूको एउटा जत्था धार्मिक तीर्थस्थलहरूको यात्रालाई सहज बनाउने एउटा द्विपक्षीय सम्झौता अन्तर्गत पाकिस्तानको यात्रामा छ। मन्त्रालयअनुसार दूतावासीय एवम् प्रोटोकल कर्तव्यहरूको निर्वाहका लागि यात्रामा रहेका तीर्थालुहरूसित भारतीय उच्चायोगको एउटा दूतावासीय टीम संलग्न रहने एक मानक परिपाटी छ।

तर, यो वर्ष दूतावासीय टीमलाई भारतीय सिख तीर्थालुहरूसम्म पहुँचलाई अस्वीकार गरिएको छ। सो टीमलाई यो महिनाको 12 तारिख वागाह रेलवे स्टेशनमा ती तीर्थालुहरूको आगमन हुँदा भेट्न दिइएन।

यसैप्रकार शनिबारका दिन गुरूद्वारा पञ्जा साहिबमा तीर्थालुहरूसित एक पूर्व-निर्धारित भेटका लागि दूतावासीय टीमलाई प्रवेश गर्न दिइएन।

मन्त्रालयले अगाडि थपेअनुसार पाकिस्तानमा भारतीय उच्चायुक्त विस्थापित ट्रस्ट प्रोपर्टी बोर्डका अध्यक्षको निमन्त्रणामा गुरूद्वारा पञ्जा साहिब जानुहुने कार्यक्रम थियो तर उहाँलाई गुरूद्वारा गइरहनुभएको बेलामा अचानकनै अनिर्दिष्ट सुरक्षा कारणहरूले फिर्ता हुन भनिएको थियो।