प्रधान मन्त्री मोदीले 19 र 20 अप्रिलका दिन चोगम-मा भाग लिनुहुने

 राष्ट्रमण्डल सरकार प्रमुखहरूको बैठक अर्थात् चोगम आजदेखि लन्डनमा सुरु हुँदैछ। प्रधान मन्त्री नरेन्द्र मोदीले यसमा यही महिनाको 19 र 20 तारिखमा भाग लिनुहुनेछ। शिखर सम्मेलनअघि शिखर बैठक स्थलमा तथा वरिपरि सुरक्षा व्यवस्था मजबूत पारिएको छ।

शिखर बैठकको विषय हो – साझा भविष्यतर्फ। यो द्विवार्षिक सम्मेलनमा 53 राष्ट्रमण्डल मुलुकहरूका प्रतिनिधिहरू भेला भएका छन्। शिखर सम्मेलनले बढी समृद्ध, सुरक्षित र दीगो भविष्यका लागि राष्ट्रमण्डल सामु रहेका साझा चुनौतिहरूको सम्बोधनमाथि ध्यान केन्द्रित गर्नेछ।

अल इन्डिया रेडियोका संवाददाताले खबर दिएअनुसार राष्ट्रमण्डल एक बहुपक्षीय संगठन हो जो साना मुलुकहरू र साना द्विपीय विकासोन्मुख मुलुकहरू सामु रहेका विकासगत विषयहरूमाथि ध्यान केन्द्रित गर्नका लागि जानिन्छ। साना द्विपीय विकासोन्मुख मुलुकहरूबाट विश्वमा केही अतिनै आधुनिक उद्योगसम्पन्न मुलुकहरू बनेका 53 अत्यन्तै भिन्न मुलुकहरू राष्ट्रमण्डलमा रहेका भारत मान्दछ।

यी सबै मुलुकहरू लोकतन्त्र, शान्ति र न्यायका लागि आफ्ना साझा वचनबद्धता र नागरिक अधिकारहरूको सम्बन्धनको कारणले एकसाथ आएका हुन्। बिहीबार र शुक्रबार सरकार प्रमुखहरूको औपचारिक बैठकअघि तीन दिन कारोबार, महिला, र जनता एवम् युवाहरूमाथि मञ्चहरूका बैठक हुनेछन्।

युवा, महिलाहरू र जनता मञ्चको बैठक वेस्टमिनिस्टरमा महारानी एलिजाबेथ द्वितिय सम्मेलन केन्द्रमा हुनेछ भने कारोबार मञ्चको बैठक लन्डन शहरको गिल्डहलमा हुनेछ।