राष्ट्रमण्डल खेल 2018-मा भारतको उत्कृष्ट प्रदर्शन

गत दुइ साताहरूदेखि अस्ट्रेलियाको गोल्ड कोस्टमा चलिरहेको 21-औं राष्ट्रमण्डल खेल समाप्त भएको छ, जसमा भारतको प्रदर्शन औधी सशक्त रह्यो अनि यसको श्रेय, विशेष गरी, भारतका महिला खेलाडीहरूलाई जान्छ। सन् 2010-मा नयाँ दिल्लीमा भारतले सयभन्दा अधिक अनि सन् 2014-मा ग्लासगो-मा 64 पदकहरू जितेको थियो। गोल्ड कोस्ट, अस्ट्रेलियामा आयोजित यसपालीको 21-औं राष्ट्रमण्डल खेलमा 26 स्वर्ण, 20 रजत अनि 20 काँस्यपदकका साथ भारत पदक तालिकामा तेस्रो स्थानमा रह्यो।

ब्याडमिन्टनको महिला एकल फाइनल खेलमा दुवैपट्टि भारतका खेलाडीहरू थिए अनि यसमा साइना नेहवालले पी भी सिन्धुलाई 21-18, 23-21-ले हराइन्। महिला बक्सिङ्गको भारतका स्टार खेलाडी एम सी मेरी कोमले महिलाहरूको 48 किलोग्राम वर्गमा स्वर्ण पदक जितिन्,  जो उनको राष्ट्रमण्डल खेलको सर्वप्रथम स्वर्ण पदक थियो। वास्तवमा, पाँचपल्टका विश्व च्याम्पियन अनि ओलम्पिकका काँस्यपदक विजेता, मेरी कोमले यसपाली प्रथमपल्ट राष्ट्रमण्डल खेलहरूमा भाग लिएकी हुन्। उल्लेखनीय छ, मेरी कोमराज्य सभाका सांसद पनि हुन्।

भारतको स्वर्ण हासिल गर्ने प्रक्रिया मीराबाइ चानुले शुरू गरेकी हुन्। प्रतिस्पर्धाको प्रथम दिनमा महिलाहरूको 48 किलोग्राम अनि 69 किलोग्राम वर्गमा, छःमध्ये छःवटै प्रतिस्पर्धाहरूमा भारतले भारोत्तोलनको कीर्तिमान स्थापित गऱ्यो। यी वर्गहरूमा क्रमैसित मीराबाइ चानु, सञ्जिता चानु र पुनम यादवले स्वर्ण पजक जिते।

उता पुरूषहरूको स्पर्धामा 77 किलोग्राम वर्गमा सतिश कुमार शिवलिङ्गम् तथा 85 किलोग्राम वर्गमा भेङ्कट राहुल रगाला-लेउत्कृष्ट प्रदर्शन गरे, जो अस्ट्रेलिया गएका भारतका 270-भन्दा अधिक खेलाडीहरूको टोलीको आत्मविश्वास बढाउनमा सफल रह्यो। प्रतिस्पर्धाको प्रथम दिनमा मीराबाइ र पुरूषहरूको 56 किलोग्राम वर्गमा पी गुरुराजाको रजत पदकका साथ भारतको पदकहरूको दौड शुरू भयो। समग्रतामा भन्नु हो भने केवल यस खेलमा भारतले नौ पदकहरू हासिल गऱ्यो, जो राष्ट्रमण्डल स्तरमा भारतका उत्कृष्ट प्रदर्शनहरूमध्ये एक हो।

त्यसपछि पालो आयो शूटिङ्गको। महिलाहरूको 10 मीटर एअर पिस्टल इभेन्टमा किशोरी मनु भाकरले सबै स्वर्ण पदकहरू जितिन् अनि भारतकै हीना सिधुले भने सबै रजत पदकहरूहासिल गरिन्। 25 मीटर शूटआउटमा हीनाले स्वर्ण पदक हासिल गरिन्। पुरूषहरूको 25 मीटर एअर पिस्टल इभेन्टमा विश्व च्याम्पियन जीतू राईले प्रतिद्वन्दी खेलाडीहरूलाई धेरै पछि छोडिदिए। मेहुली घोष, ओम मिथ्रावाल, अपूर्वी चण्डेला अनि राजीव कुमारले समर्थनकारी भूमिका खेल्दै रजत र काँस्य पदकहरू जिते।

यसैबीच, भारतको ब्याडमिन्टन टोली साथै महिलाहरूको टेबल टेनिस टीमको प्रदर्शन पनि औधी असल रह्यो। यी खेलहरूमा भारतलाई प्रथमपल्ट स्वर्ण पदक प्राप्त भयो। उता पुरूषहरूको टेबल टेनिस टीमले पनि उत्कृष्ट प्रदर्शन गऱ्यो अनि सन् 2006-को शानदार प्रदर्शन दोहोऱ्यायो।

21-औं राष्ट्रमण्डल खेलको दोस्रो सातामा पनि स्वर्ण पदकको लागि भारतको दौड जारी रह्यो। महिलाहरूको डबल ट्रयापमा श्रेयसी सिंहले आफ्नो क्यारियरको सर्वोत्तम प्रदर्शन गर्दै स्वर्ण पदक जितिन्। ओम मिथ्रावाल अनि अङ्कुर मित्तल हरेकलाई भने काँस्य पदक प्राप्त भयो।

फाइनलमा श्रेयसी र अस्ट्रेलियाकी एमा कोक्स, दुवैको 96 अङ्क थियो, तर शूट-अफ पश्चात् श्रेयसीलाई स्वर्ण प्राप्त भयो। ओम प्रकाश मिथ्रावाल अनि अङ्कुर मित्तलले क्रमैसित 50 मीटर एअर पिस्टल र पुरूषहरूका डबल ट्रयाप इभेन्टमा काँस्य पदक जितेर भारतका पदकहरूको संख्यालाई बढाएर।

पाँचपल्ट विश्व च्याम्पियन रहेका एम.सी.मेरी कोमको नेतृत्वमा भारतको बक्सिङ्ग टीमको प्रदर्शन पनि औधी असल रह्यो। पुरूषहरूको प्रतिस्पर्धामा भारतलाई आठ पदकहरू प्राप्त भयो। उल्लेखनीय छ, यो प्रदर्शन नयाँ दिल्लीमा भएको राष्ट्रमण्डल खेलमा देखिएको प्रदर्शनभन्दा पनि असल थियो, जहाँ भारतलाई सात पदकहरू प्राप्त भएको थियो।

भारतका पहलमानहरूको टोलीमा पनि उत्कृष्ट खेलाडीहरू थिए। दुइपल्ट ओलम्पिक पदक जित्ने साथै डिफेन्डिङ्ग च्याम्पियन सुशील कुमाले 74 किलोग्राम वर्गमा स्वर्ण पदक जिते। उता भारतका भोरत्तोलकहरूले नौ पदकहरू हासिल गरे अनि स्पर्धा स्थलमा तिरङ्गाले राज गऱ्यो।

ग्लासगोमा सम्पन्न 2014 राष्ट्रमण्डल खेलहरू कुश्ती स्पर्धामा भारतलाई पाँच स्वर्ण, छः रजत अनि दुइ काँस्य पदकहरू प्राप्त भएको थियो, जो कुश्तीमा सर्वाधिक पदक प्राप्त गर्ने क्यानडाभन्दा एक पदक कम्ती थियो। यसपाली भारतको टोलीमा सुशील, राष्ट्रमण्डल च्याम्पियनशीप टपर, राहुल अवारे, ओलम्पिक पदक हासिल गरेका साक्षी मलिक अनि फोगट दिदीबहिनीहरू थिए। भारतका कोच कुलदीप सिंहले भनेका थिए, यसपाली नाइजोरियाको महिला टीम धेरै शक्तिशाली छ अनि पुरूषहरूमा क्यानडाको धेरै नाउँ छ, तर भारतको टोलीमा पनि शक्तिको कुनै कमी छैन।

आलेखः राहुल ब्यानर्जी, वरिष्ठ खेल पत्रकार