टेनिस ऱ्याङ्किङ्ग: युकि भाम्बरी पुन: शीर्ष 100-को सूचीमा

भारतका टेनिस खेलाडी युकी भाम्बरी पुन: शीर्ष 100-को सूचीमा सामेल भएका छन्। यसअघि फेब्रुअरी सन् 2016-मा पहिलोपटक उनी शीर्ष 100-को सूचीमा आएका थिए।

ताजा ऱ्याङ्किङ्गअनुसार, 22 स्थान छलाङ लगाएर भाम्बरीले  केरियर कै उत्कृष्ट 83 ऱ्याङ्क हासिल गरेका छन्। ताइपेई च्यालेन्जरमा गरेका खिताब जित्ने प्रदर्शनबाट उनले सो ऱ्याङ्क प्राप्त गरेका हुन्। एटीपी एकलको सूचीमा कुनै एक भारतीयले हासिल गरेको उत्कृष्ट ऱ्याङ्क हो। यसअघि जुलाई सन् 2011-मा सोमदेव देवबर्मनले केरियर कैन उत्कृष्ट 62 ऱ्याङ्क हासिल गरेका थिए।

25 वर्षीय भाम्बरीले शीर्ष 100-को स्थानलाई कायम गरेका छन् तथा यसले उनलाई ग्र्यान्ड स्ल्याम र एटीपी 1000 सिरिज मास्टर्स प्रतियोगितामा प्रत्यक्ष प्रवेशको अनुमति प्रदान गर्नेछ।

डेविस कपमा युकिका साझेदार रामकुमार रामनाथनले 17 स्थान छलाङ लगाएर केरियरको उत्कृष्ट 116 ऱ्याङ्क हासिल गरेका छन्।
युगल दिविज शरणले आफ्नो ऱ्याङ्किङ्गमा  अझ सुधार गर्दै 41 ऱ्याङ्क हासिल गरेका छन् जो एक स्थानले वृद्धि भएको हो। डेविस कपमा सर्वाधिक सफल खेलाडी लिएन्डर पेसले चार स्थान गुमाउँदै 49 स्थानमा पुगेका छन्।
19-औँ स्थानमा रहेका रोहन बोपन्नाले युगलको सूचीमा भारतको नेतृत्व गरिराखेका छन्। सानिया मिर्जा 24-औँ स्थानमा यथावत रहेकी छिन्।