सीरियामा रासायनिक हतियारको जाँच सुरक्षाका कारण स्थगित

रसिया र सीरियाले सुरक्षाका कारण बताउदै कथित विषालु ग्यास आक्रमणको जाँच गर्न खोजिरहेका अन्तर्राष्ट्रिय विशेषज्ञहरूलाई डूमा शहरभित्र प्रवेश गर्नदेखि रोक लगाएका छन्।

यसको दाबी, कथित रासायनिक हमलाको सम्बन्धमा रासायनिक हतियारको प्रयोग माथि निगरानी राख्ने वैश्विक केन्द्रको बैठकमा गरिएको हो। शनिबार पश्चिमी मुलुकहरूले सीरिया माथि हवाई प्रहारहरू गरेका थिए।
रासायनिक हतियार निषेध संगठनका प्रमुख एहमेट उजम्कुले बैठकमा उपस्थित सदस्यहरूलाई भन्नुभयो, उहाँका निरीक्षकहरू कथिक रासायनिक हमला स्थलमा पुग्न  विफल भएका छन्।
अप्रिल 7 तारिख डूमा शहर माथि भएको कथित रासायनिक हमला पश्चात् पश्चिमी मुलुकहरूले सीरियामा हवाई हमलाहरू गरेका थिए र यसको ठीक दुइ दिनपछि रासायनिक हतियार निषेध संगठनको मुख्यालयमा वार्ता गरिएको हो। संगठनको टोलीले हिजोदेखि आफ्नो छानबिन कार्य सुरु गर्ने अपेक्षा थियो तर यसको साटो उनीहरूले दमस्कसको एउटा होटलमा अधिकारीहरूलाई भेटे अनि उनीहरूको छानबिन अभियान माथि सख्त मीडिया प्रतिबन्ध लगाइयो। छानबिनमा रसियालेबाधा पुऱ्याइराखेको छ भन्ने दाबीलाई क्रेमलिनले खारेज गरेको छ।
शनिबार अमेरिका, फ्रान्स तथा ब्रिटेनका लडाका विमानहरूले संदिग्ध रासायनिक हतियार सुविधाहरू माथि गरेको हमला सात वर्षको युद्द कालमा शासन विरुद्ध गरिएको सर्वाधिक ठूलो हमला थियो।

यसअघि, सोमबार रसियाले डूमामा भएको कथित विषालु ग्यास हमलाको छानबिन गर्नका लागि  वैश्विक रासायनिक हतियार  निगरानी केन्द्रले  तथ्यको खोजीमा  सीरिया पठाएको मिसनको कार्यमा हस्तक्षेप नगर्ने वाचा गरेको थियो।