इन्डोनेसियामा एउटा भवन एक्कासि भत्किँदा 7 जनाको मृ्त्यु

इन्डोनेसियामा सोमबार  एउटा भवन एक्कासि भत्किँदा 7 जनाको मृत्यु भएको छ।  सबै मृतकहरू सोही भवनभित्र थिए। केटा-केटीहरू एउटा नृत्य एवम् संगीत कार्यक्रमका लागि अभ्यास गर्दै थिए। यो घटना जकर्तादेखि लगभग 220 किलोमीटर पूर्वमा अवस्थित सिरोबोन नामक ठाउँमा घटेको हो।

प्रहरीहरूले दुर्घटनाको कारणको पत्तो लगाउन छानबिन गरिराखेको छ।