नासाद्वारा वाशिङ्ग मसिन जत्रो अन्तरिक्षयान प्रक्षेपित

नासाले वाशिङ्ग मसिन जत्रो एउटा अन्तरिक्षयान प्रक्षेपित गरेको छ जसले सौरमण्डलदेखि बाहिर पृथ्वी समानका ग्रहहरूको खोजी गर्ने उद्देश्य राखेको छ।

सोमबार फ्लोरिडाको केप केनविरलबाट ‘ट्रान्जिटिङ एक्जोप्लानेट सर्वे स्याटलाइट’-लाई प्रक्षेपित गरियो। यसले आगामी दुइ वर्ष 2 लाखभन्दा बढी चम्किलो ताराहरूलाई स्क्यान गर्नेछ अनि ती ताराहरूमा ग्रहहरूले लगाउने परिक्रमाको सङ्केत खोज्नेछन्।