एक लाख करोड रुपियाँको लागतमा नयाँ दिल्ली र मुम्बई एक्सप्रेस राजमार्गको निर्माण गरिनेछः गडकरी

केन्द्रीय सडक परिवहन एवम् राजमार्ग मन्त्री नितिन गडकरीले एक लाख करोड रूपियाँको लागतमा नयाँ दिल्ली र मुम्बईबीच नयाँ एक्सप्रेस राजमार्गको निर्माण गरिने बताउनुभएको छ। श्री गडकरीले नयाँ चम्बल एक्सप्रेस-वे-का योजनाहरूको जानकारी पनि दिनुभयो। यो राजमार्ग दिल्ली-मुम्बई एक्सप्रेसवेसित जोडिनेछ र यसले मध्यप्रदेश र राजस्थान जस्ता राज्यहरूलाई लाभ पुग्ने सम्भावना छ।

सोमबार नयाँ दिल्लीमा मीडियालाई सम्बोधित गर्दै श्री गडकरीले दिल्ली एनसीआर-को भीडभाड कम गर्न आफ्नो मन्त्रालयका प्रमुख पहलहरूको खुलासा गर्नुभयो। उहाँले भन्नुभयो, 35 हजार 600 करोड रुपियाँको लागतमा कुल 10 परियोजनाहरूमाथि काम चलिरहेको छ। श्री गडकरीले भन्नुभयो, दिल्लीका चारैतिर पूर्वी र पश्चिमी पेरीफेरल एक्सप्रेस-वे विकसित गर्ने महत्वाकांक्षी योजना सुरु गरिएको छ। प्रधान मन्त्री नरेन्द्र मोदीले 29 अप्रिलमा पूर्वी पेरीफेरल एक्सप्रेस-वे-को उद्घाटन गर्नुहुनेछ।