प्रधान मन्त्री ओलीको भारत भ्रमणले द्विपक्षीय सम्बन्धहरूलाई मजबुत बनाएको छः नेपाल

नेपालका विदेश मन्त्री प्रदीप कुमार ज्ञवालीले प्रधान मन्त्री के. पी. शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमण आत्मविश्वास बढाउन तथा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनमा सफल रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, सबै महत्त्वपूर्ण द्विपक्षीय मुद्दाहरूमा दुवै प्रधान मन्त्रीहरूले खुलापन तथा पारदर्शिताका साथ छलफल गर्नुभएको छ। श्री ज्ञवालीले यो पनि भन्नुभयो, वर्तमान सरकारको प्रारम्भिक दिनहरूको अवधिमा छिमेकी राष्ट्रहरू र विकास साझेदारहरूसित यस प्रकारको कुराकानीले नेपाललाई  स्थिरता, शान्ति तथा विकासको बाटोमा अगाडि बढ्न मद्दत गर्नेछ। श्री ज्ञवालीले आफ्नो आगामी पाँच दिने चीन भ्रमणभन्दा पहिले हिजो साँझ काठमाडौँमा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभयो।

चीन भ्रमणको अवधिमा श्री ज्ञवालीले आफ्ना  चिनीयाँ समकक्षी वाङ्ग यीसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। उहाँले चीनका नेताहरूसित पनि भेटघाट गर्नुहुनेछ र चिनीयाँ थिङ्क ट्याङ्कको गोलमेज बैठकलाई सम्बोधन गर्नुहुनेछ। श्री ज्ञवालीले सिचुआन प्रान्तको भ्रमण गर्नुहुनेछ र प्रान्तका नेताहरूसित पनि भेटघाट गर्नुहुनेछ। उहाँले सिचुआन विश्वविद्यालयमा एक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ। यो वर्ष फेब्रुअरीमा के. पी. शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपालबाट उत्तरी छिमेकी राष्ट्रको यो पहिलो उच्च स्तरीय भ्रमण हो।