नेपालः विराटनगरमा भारतीय वाणिज्य दूतावासको सम्पर्क कार्यालयमा सामान्य विस्फोट

नेपालमा विराटनगरस्थित भारतीय वाणिज्य दूतावासको सम्पर्क कार्यालयमा हिजो राती सामान्य विस्फोट भएको छ। हिजो राती करिब 8 बजेर 20 मिनेट जाँदा भारतीय वाणिज्य दूतावासको सम्पर्क कार्यालयको पर्खाल नजिकै सामान्य विस्फोट भएको थियो। विस्फोटमा कोही पनि घाइते भएका छैनन्।

भारतीय दूतावासका अधिकारीहरूका अनुसार विस्फोटले सम्पर्क कार्यालयको सुनसान क्षेत्रको पर्खालमा एउटा प्वाल बनाइदिएको छ। विस्फोट भएको समयमा कोही पनि कर्मचारी कार्यलयमा उपस्थित थिएनन्। अहिले नेपाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र सो कार्यालय परिसरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।