जम्मू एवम् कश्मीर: पुलवामामा सुरक्षा बलहरू र आतङ्की बीच चलेको गोलीबारीमा सीआरपीएफ जवान शहीद

जम्मू एवम् कश्मीरको पुलवामामा हिजो मिरमिरे बिहानीमा सुरक्षा बलहरू र आतङ्कीबीच चलेको गोलीबारीमा सीआरपीएफ-का एकजना जवान शहीद भएका छन्।

पुलवामा जिल्लाको ताकिया बर्गाम वागम क्षेत्रमा भएको यस भिडन्तमा एकजना आम नागरिक पनि घाइते भएको छ।
सुरक्षा सूत्रले अल इन्डिया रेडियोलाई बताएअनुसार, क्षेत्रमा आतङ्कीहरूको उपस्थितिको गुप्त खबरको आधारमा खोजी अभियान सुरु गरेपछि सुरक्षा बल र आतङ्कीहरू बीच भारी गोलीबारी चलेको थियो। यद्यपि आतङ्कीहरू भाग्न सफल भयो।