उत्तर भारतका पहाडी राज्यहरूमा आँधीहुरी आउने मौसम विभागको चेतावनी

भारतीय मौसम विभागले आगामी 48 घण्टाका लागि उत्तराखण्ड, जम्मू एवम् कश्मीर तथा हिमाचलप्रदेशमा आँधीहुरी चल्ने र मुसलधार पार्नी पर्ने सम्भावना रहेको बताएको छ। राजस्थानमा पनि धुँलोले भरिएको आँधीहुरी चल्ने सम्भावना रहेको मौसम विभागले बतायो।

मौसम विभागद्वारा जारी  सुझावपत्रमा भनेको छ, पूर्वी प्रदेशका सुदूर क्षेत्रहरू, असम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, पश्चिम बंगाल तथा झारखण्डमा 50 देखि 70 किलोमीटर प्रति घण्टाको रफ्तारले हावाहुरी चल्ने सम्भावना रहेको छ।