सूचना एवम् प्रसारण मन्त्रालयले भारतमा अडियो भिजुअल सेवाको सम्बर्धनका लागि वेब पोर्टल बनाउने

सूचना एवम् प्रसारण मन्त्रालयले भारतमा फिल्म निर्माण गर्नसक्ने स्थान र सुविधाहरूबारे जानकारी प्रदान गर्नका लागि एउटा समर्पित वेब पोर्टल बनाउनेछ।

एक आधिकारिक जनाउमा मन्त्रालयले भनेको छ, पोर्टलले भारतमा शूट  गर्न चाहिरहेका सक्षम फिल्म निर्माण कम्पनीहरूलाई भारतका ती ठाउँहरूमा शूटिङ्ग गर्ने अनुमति हासिल गर्न मद्दत गर्नेछ।

यसले अनलाइन भुक्तानीका साथै फिचर फिल्म, टीभी तथा वेब रियलिटी कार्यक्रमहरूको  शूटिङ्गका लागि आवेदन समेत जम्मा गर्नसक्ने सुविधा प्रदान गर्नेछ।

पोर्टलले सबै स्थानहरूको जानकारी पनि प्रदान गर्नेछ भनी मन्त्रालयले बतायो।