भारत-नेपाल सम्बन्ध नयाँ उँचाईमाः नेपालका प्रधान मन्त्री के.पी. शर्मा ओली

नेपालका प्रधान मन्त्री के.पी. शर्मा ओलीले भारत-नेपाल सम्बन्ध एक नयाँ उँचाईमा पुगेको छ भन्नुभएको छ।

भारतका प्रधान मन्त्री मोदीको नेपाल यात्राबारे नेपालको संसदमा वक्तव्य दिँदै श्री ओलीले यो यात्रा अत्यन्तै उत्पादक रहेको तथा यसले मित्रताको नयाँ युगको सूत्रपात गरेको बताउनुभयो।

नेपालका सांसदहरूलाई भारतका प्रधान मन्त्री नरेन्द्र मोदीको नेपाल यात्राबारे जानकारी दिँदै श्री ओलीले यसबाट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो। समानता, परस्पर लाभ तथा परस्पर सम्मानमाथि आधारित मित्रताको नयाँ युगको थालनी भएको उहाँले भन्नुभयो।

सबै महत्त्वपूर्ण विषयहरूमाथि छलफल भएको र विगतमा हस्ताक्षरित सबै परियोजनाहरू र समझदारीहरूलाई समयबद्ध तरिकाले कार्यान्वित गर्नमाथि ध्यान केन्द्रित गर्न दुवै पक्ष सहमत भएको श्री ओलीले बताउनुभयो।

प्रधान मन्त्री ओलीले तीन वर्षअघि भारत-नेपाल सम्बन्धमा केही तनाउ थियो तर अब सम्बन्धहरू अर्थपूर्ण ढङ्गले अगाडि बढिरहेको छ भनी भन्नुभयो। श्री ओलीले युगौँ पुरानो सम्बन्धलाई अगाडि बढाउनमा प्रधान मन्त्री मोदीले दिनुभएको योगदानप्रति आभार पनि व्यक्त गर्नुभयो।