सेना प्रमुख जनरल बिपिन रावत 5 दिने श्रीलङ्का भ्रमणमा

सेना प्रमुख जनरल बिपिन रावत 5 दिने श्रीलङ्का भ्रमणमा कोलोम्बो पुग्नुभएको छ। आफ्नो श्रीलङ्का भ्रमणको बेला जनरल रावतले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र प्रधान मन्त्री रनिल विक्रमासिङ्गेसित भेट गर्नुहुनेछ। उहाँले श्रीलङ्काका आफ्ना समकक्षीसति बैठक गर्नुहुनेछ।

दुइ पक्षले दुइ छिमेकी मुलुकहरूबीच सैन्य सहयोगलाई मजबुत पार्नका लागि आपसी हितका मामिलाहरूबारे छलफल गर्ने सम्भावना छ। भारतले श्रीलङ्काको सेनाका दुइ हजार अधिकारी र स्टाफलाई प्रशिक्षण उपलब्ध गराएको छ।