पश्चिम बङ्गालमा पञ्चायत चुनाउमा कडा सुरक्षाका बीच मतदान जारी

पश्चिम बङगालमा पञ्चायत चुनाउका लागि कडा सुरक्षाका बीच आज मतदान हुँदैछ। राज्य निर्वाचन आयोगको सुत्रले जानकारी दिएअनुसार 621 जिल्ला परिषद, 6,157 पञ्चायत समिति र 31 हजार 827 ग्राम पञ्चायतहरूका लागि मतदान भइरहेको छ। मतदान बिहान 7 बजेदेखि सुरु भयो र साँझ पाँच बजे समाप्त हुनेछ। मतगणना बिहिबार हुनेछ।

यसभन्दा पहिले सर्वोच्च न्यायालयले राज्य निर्वाचन आयोगलाई लोकतन्त्रमा चुनाउको पवित्रतालाई ध्यानमा राख्दै स्वतन्त्र र निष्पक्ष मतदान सुनिश्चित गर्न भनेको थियो। एक लामो कानूनी लडाईँ पछि पश्चिम बङ्गालमा कडा सुरक्षाका बीच मतदान हुँदैछ।