ओडिशामा सुरक्षा बलसितका भिडन्तहरूमा 6 माओवादीको मृत्यु

ओडिशाका कन्धमाल र बोलान्गीर जिल्लाहरूमा सुरक्षा बलसित भएका दुइ छुट्टा-छुट्टै भिडन्तहरूमा कम्तीमा दुइ महिलाहरू सहित 6 जनाको मृत्यु भएको छ। राज्यका पुलिस महानिदेशक आर पी कोचेले दुइ महिलाहरू सहित 4 माओवादी कन्धमलको गोलन्की गाँउमा सुदुकुम्पा जंगलमा मारिएका र बोलान्गीर जिल्लाको दुधकमल गाँउमा दुइ नक्सलीहरू मारिएका बताउनुभएको छ।

हाम्रा सम्वाददाताले जानकारी दिएअनुसार दुइ ठाउँहरूमा वामपन्थी उग्रवादीहरू लुकेर बसिरहेको गोप्य सूचना पाएपछि सुरक्षा बलले कार्रवाई सुरु गरेको थियो। सुरक्षा बलले कार्रवाई सुरु गर्नसाथै नक्सलीहरूले पनि गोली प्रहार गरे। दुइ पक्षबीच भीषण गोलीबारी भएपछि 6 जना नक्सली मारिए। ओडिशालाई वामपन्थी उग्रवादबाट मुक्त गराउनका लागि पुलिसले एक कार्य योजनाको तयारी गरिरहेको बताइएको छ।