जम्मू कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा बीएसएफ जवान शहीद

जम्मू कश्मीरको साम्बामा अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पाकिस्तानी सेनाले गरेको गोलीबारीमा सीमा सुरक्षा बल, बीएसएफ-का एकजना जवान शहीद भएका छन्।

बीएसएफ सूत्रले हाम्रा सम्वाददातालाई जानकारी दिएअनुसार पाकिस्तानी रेन्जर्सले युद्धविरामको उल्लंघन गर्दै साम्बामा अन्तर्राष्ट्रिय सीमामा भारतीय चौकीहरूलाई लक्षित गर्दै गोली प्रहार गरे। यस गोली प्रहारमा बीएसएफ जवान देवेन्द्र सिंह गम्भीर घाइते भएका थिए र पछि उपचारको क्रममा उनको मृत्यु भयो। सेनाले जवाफी कार्रवाई गरेपछि तीन घण्टासम्म गोली हानाहान भएको थियो।