आयुषमान भारत कार्यक्रम केन्द्र सरकारको एउटा महत्त्वपूर्ण योजना होः स्वास्थ्य मन्त्री नड्डा

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जे.पी. नड्डाले, आयुषमान भारत कार्यक्रम केन्द्र सरकारको एउटा महत्त्वपूर्ण योजना रहेको बताउनुभएको छ। शिमलामा हिजो प्रथम कार्यशालालाई सम्बोधन गर्नुहुँदै उहाँले स्वास्थ्य क्षेत्रलाई सुदृढ तुल्याउने प्रयास गरिराखिएको बताउनुभयो।

यसै अवसरमा हिमाचल प्रदेश, उत्तराखण्ड, जम्मू एवम् काश्मीर र चण्डीगढ माझ एउटा सहमति पत्रमा हस्ताक्षर गरियो।