टर्की: ग्रीस जाँदै गरेका सात अफगानी अाव्रजकहरूको नदी पार गर्दैगर्दा मृत्यु

ग्रीस पुग्ने क्रममा नदी पार गर्दैगर्दा तीन बच्चाहरू लगायत जम्मा सात अफगानी नागरिकहरूको मृत्यु भएको छ भनी टर्कीको तटरक्षक बलले जानकरी दिएको छ। यद्यपि 12 अफगानीहरू लगायत एक कथित ईरानेली तस्करलाई नदीमा डुब्नदेखि बचाउन उनीहरू  सफल रहेको टर्की तटरक्षक बलले बतायो।

मंगलबार जारी एउटा वक्तव्यमा उसले बताएअनुसार, सोमबार अबेर राति खबर पाउने बित्तिकै एउटा उद्धार जहाज र हेलिकप्टर पश्चिमी प्रान्त कनाकेलका लागि रवाना गरिएको थियो। 6 मीटर लामो आधा डुबेको एउटा डुङ्गा बरामद गरियो।
टर्की र युरोपेली संघले सन् 2016-मा अवैध आव्रजन कम गर्न एउटा सम्झौतामा हस्ताक्षर गरेको थियो।