कर्नाटकमा खण्डीत जनादेश पश्चात् सरकार गठन निम्ति राजनैतिक गतिविधि तिब्र

कर्नाटक विधान सभा निर्वाचनमा हिजो खण्डीत जनादेश आए पछि राज्यमा सरकार गठन  निम्ति राजनैतिक गतिविधि तिब्र भएको छ।

भाजपा, कांग्रेस र जे डी (एस)-ले आफ्ना नयाँ नेताहरूको निर्वाचनको लागि नव निर्वाचित विधायकहरूका बैठकहरू बोलाएका छन्।

केन्द्रीय मन्त्री जे पी नड्डा र धर्मेन्द्र प्रधान केन्द्रीय पर्यवेक्षकको रूपमा भाजपा-को विधायनी दलको बैठकमा उपस्थित रहनुहुनेछ।

कांग्रेस नेताहरूले जे डी (एस)-सित एउटा गठबन्धन सरकारको संरचनालाई औपचारिकता प्रदान गर्न आज पार्टीका सर्वोच्च नेता एच डी देवेगौडासित भेटघाट गर्दै हुनुहुन्छ।

कर्नाटकमा विगत 12 मे-को दिन भएको विधान सभा निर्वाचनका परिणामहरूको हिजो घोषणा गरियो जसमा 104 सीटहरू प्राप्त गरी भाजपा सबैभन्दा ठूलो दलको रूपमा उदभव भएको छ भने 78 स्थानहरूबाट कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्। 38 सीटहरू प्राप्त गरी जे डी (एस) तेस्रो सबेभन्दा ठूलो दलको रूपमा प्रकट भएको छ। राज्यको 222 सदस्सीय विधानसभामा सरकार बनाउनको लागि 113 सदस्यको समर्थन आवश्यक छ।

हिजो भाजपा र कांग्रेस-जे डी (एस) गठबन्धनका नेताहरूले राज्यका राज्यपाल वजुभाई वालासित भेटघाट गरी सरकार बनाउने आ-आफ्नो दावी पेश गरे। श्री बी एस यदूरूप्पा र पार्टीका वरिष्ठ नेता अनन्त कुमारको नेतृत्वमा भाजपा-ले राज्यपालसित सदनमा आफ्नो बहुमत सावित गर्ने अवसर प्रदान गर्न अनुरोध गऱ्यो।
श्री यदुरूप्पाले भाजपा सदनमा सबैभन्दा ठूलो दलको रूपमा रहेको हुँदा उसलाई आफ्नो बहुमत साबित गर्ने मौका दिइनु पर्ने कुरा पत्रकारहरूलाई  बताउनुभयो।

मुख्य मन्त्री सिद्धरमैया, कांग्रेसक वरिष्ठ नेता गुलाम नबी आजाद र जे डी (एस)-का एच डी कुमारस्वामीले पनि राज्यपालसित भेटघाट गर्नुभयो। श्री सिद्धरमैयाले उहाँहरूसित सरकार बनाउनको लागि आवश्यक संख्या रहेको बताउनुभयो।

यसै बीच प्रधान मन्त्री नरेन्द्र मोदीले कर्नाटकमा पार्टीको विजयलाई  असाधरण बताउनुभएको छ। हिजो साँझ नयाँ दिल्लीमा पार्टी कार्यकर्त्ताहरूलाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, प्रतिपक्षले चुनाउको अवधिमा झुटो कुराहरू गरेर जनतालाई धोका दिने प्रयास गरेको थियो तर जनताले उनीहरूलाई समुचित जबाफ दिएका छन्। भाजपा भारत तथा यसको गौरवपूर्ण विविधताको प्रतिनिधि रहेको श्री मोदीले बताउनुभयो।

कांग्रेस अध्यक्ष राहुल गान्धीले चुनाउमा उहाँको पार्टीको पक्षमा मतदान गर्नेहरूको धन्यवाद गर्नुभयो। एउटा ट्वीटमा श्री गान्धीले भन्नुभयो, उहाँको पार्टी समर्थनको सरहाना गर्दछ र यसले  उनीहरूको लागि संधर्ष जारी राख्ने छ।