भारतद्वारा नेपाललाई नदी प्रशिक्षण आदिका लागि 18.07 करोड नेपाली रुपियाँको अनुदान राशि जारी

भारतले नेपाललाई नदी प्रशिक्षण अनि लालबकैया, बागमति र कमला नदीमा बाँधको निर्माणका लागि 18.07 करोड नेपाली रुपियाँको अनुदान राशि जारी गरेको छ।

भारतका राजदूत मनजीव सिंह पुरीले मंगलबार काठमाडौँमा नेपालका ऊर्जा, सिंचाई एवम् जल मन्त्रालयका सचिव डक्टर संजय शर्मालाई अनुदान राशिको चेक सुम्पिनु भयो।

ऊर्जा, सिंचाई एवम् जल संसाधन मन्त्री बर्शा पुन पनि समारोहमा उपस्थित हुनुहुन्थ्यो।

नेपालका लालबकैया, बागमति तथा कमला नदीहरूमा प्रशिक्षण एवम् बाँध निर्माण कार्यको उद्देश्य बाढी नियन्त्रण र जल व्यवस्थापन गर्नु रहेको छ जसले यी नदीहरूको छेउछाउमा बस्ने भारत र नेपालका लाखौँ मानिसहरूलाई लाभ पुऱ्याउनेछ।

सन् 2008 देखि भारतले नदी प्रशिक्षण एवम् बाँध निर्माण कार्यका लागि नेपाललाई 4.68 अर्ब नेपाली रुपियाँ प्रदान गरेको छ।

यी नदीका साथै अन्य नदीहरूमा नदी प्रशिक्षण, बाढी नियन्त्रण तथा जल संसाधन व्यवस्थापनको क्षेत्रमा अझ धेरै सहयोगका लागि नेपालसित निकटमा काम गर्न जारी राख्न भारत प्रतिबद्ध छ।