राष्ट्र संघ सुरक्षा परिषदद्वारा गाजा-इजरायल सीमानामा भएको हिंसाबारे चर्चा

राष्ट्र संघ सुरक्षा परिषदले गाजा-इजरायल सीमानामा भएको हिंसाबारे चर्चा गर्न हिजो राती एउटा संकटकालीन बैठक बोलाएको थियो।

यरूजलेममा अमेरिकी राजदूतावास खोलिए पछि भडकिएको यस हिंसाले सोमबार 50 जना भन्दा अधिक इजरायलीहरूको ज्यान लियो। जन प्रतिवादहरूमा 1200 भन्दा बढी मानिसहरू घाइते पनि भएका छन्।
एसोसियेटेड प्रेसका अनुसार, मसौदा वक्तव्यमा हत्याहरूमाथि आक्रोश एवम् दुःख व्यक्त गरिनका साथै घटनाको स्वतन्त्र एवम् पारदर्शितापूर्ण जाँच गर्ने तथा सबै पक्षहरूसित धैर्यधारणको लागि आह्वान गरिएको छ।

कुवैतको अनुरोध पछि नै यो बैठक आवश्यक हुन गएको हो