उत्तर कोरियाद्वारा दक्षिण कोरियासितको उच्चस्तरीय वार्तालाप  रद्द

उत्तर कोरियाले अमेरिकासित दक्षिण कोरियाको युद्ध अभ्यासको विषय लिएर सियोलसित आज हुन निर्धारित  उच्चस्तरीय वार्ता रद्द गरेको छ।
अमेरिका र दक्षिण कोरियाका 100 भन्दा बढी जंगी विमानहरूले शुक्रबार म्याक्स थण्डर अभ्यास सुरु गरे। उत्तर कोरियाका यी अभ्यासहरू भडकाउ  र हमलाको लागि एउटा अभ्यास रहेको उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले बताएको छ।

अघि यसै साता सहमतिमा पुगिएका यो वार्तालाप दुइ मुलुकहरूबीचको वि-सैन्यीकृत अन्चल स्थित एउटा सैनिक परिसरमा हुनु थियो।

उत्तर कोरिया सरकारले उसका नेता किम जोङ्ग उन-को अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसित आगामी महिनाको 12 तारिख हुन निर्धारित दीर्घ प्रतिक्षित वार्ता पनि रद्द गर्ने चेताउनी दिएको छ।
एकजना अमेरिकी प्रवक्ताले यी अभ्यासहरूमा उतेजनापूर्ण केही नरहेको तथा उसले श्री ट्रम्प र श्री किम बीचको बैठकको लागि तयारी जारी राख्ने बताएका छन्।

अमेरिका र दक्षिण कोरियाले यस किसिमका अभ्यासहरू नितान्त रूपले नै प्रतिरक्षाको उद्देश्यले गरिएको कुरामाथि बल दिइराखेका छन्।