अमेरिकाको उत्तरपूर्वीमा आँधी तूफान, यातायात र बिजुली ठप्प

संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वीमा हिजो आएको भयङ्कर आँधी तूफान र मुसलधार पानीले गर्दा मानिसहरूको सामान्य जनजीवन ठप्प बनेको छ।  लाखौँ मानिसहरू बस्ने यस क्षेत्रमा यातायात ठप्प हुनुका साथै कैयौँ बिजुली खम्बाहरू लडेकाले  मानिसहरूको घरमा बिजुलीको सुविधा पनि ठप्प भएको छ।

राष्ट्रिय मौसम विभागले मेरील्यान्डदेखि न्यू ह्याम्पशियरसम्म भयङ्कर आँधी तूफान आउने चेतावनी जारी गरेको छ। ओहियो, पेन्सिलभेनिया, न्यूयोर्क तथा कनेक्टिकट लगायत अन्य राज्यहरूमा असिना परेको लगभग 50 रिपोर्टहरू रहेका छन्।
उत्तर न्यूयोर्कको सुलिभनमा एउटा टर्नेडो देखियो, तर क्षयक्षतिको कुनै पनि खबर छैन।  न्यूयोर्क क्षेत्रका विमानस्थलहरूमा लगभग 400 उडानहरू रद्द गरियो।