शशंक मनोहर आईसीसी-का स्वतन्त्र अध्यक्षको रूपमा दोस्रोपल्ट निर्वाचित

बीसीसीआई-का पूर्व अध्यक्ष शशंक मनोहर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-का स्वतन्त्र अध्यक्षको रूपमा दोस्रो दुइ वर्षे कार्यकालका लागि सेवारत हुनुहुनेछ किनभने सञ्चालन निकयाकको बोर्डले उहाँलाई निर्विरोध निर्वाचित गरेको छ।

श्री मनोहर सन् 2016-मा आईसीसी-का प्रथम स्वतन्त्र अध्यक्ष बन्नुभएको थियो। निर्वाचन प्रक्रियाअनुसार, आईसीसी निदेशकहरू प्रत्येकलाई एकजना उम्मेदवार नामाङ्कन गर्ने अनुमति प्राप्त छ जो या त वर्तमान वा पूर्व आईसीसी निदेशक हुनुपर्दछ। दुइ वा दुइभन्दा बढी निदेशकहरूको समर्थनमा नामाङ्कित व्यक्तिहरू चुनावका लागि योग्य हुँदछन्।

यद्यपि श्री मनोहर उक्त पदका लागि केवल एक उम्मेदवार हुनुहुन्थ्यो। चुनाव प्रक्रियाको देखरेख गरिराख्नुभएको स्वतन्त्र अडिट समितिका अध्यक्ष एडवर्ड क्विनलनले चुनाव प्रक्रिया पूरा भएको घोषणा गर्नुभयो अनि बीसीसीआई-का पूर्व अध्यक्ष मनोहर सफल उम्मेदवार हुनुभयो।