आई पी एल क्रिकेटमा कोलकाता नाइट राइडर्सबाट राजस्थान रॉयल्स 6 विकेटले पराजित

कोलकाताको इडेन गार्डन्समा हिजो राति भएको आई पी एल क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रॉयल्सलाई 6 विकेटले पराजित गऱ्यो।

यस म्याचमा पहिले बलिङ्ग गर्दै कोलकाताले 19 ओभरमा केवल 142 रनमा राजस्थानका सबै खेलाडीहरूलाई आउट गरिदिएको थियो जसमा कुलदिप यादवले 4 विकेट लिए। त्यस पश्चात् मेजबान टीम कोलकाता 2 ओभर हातमा रहँदै लक्ष्य हासिल गर्न सफल भयो।

यस जितका साथ कोलकाता 8 टीमहरू मध्ये अङ्क तालिकामा तेस्रो स्थानमा पुगेको छ र यसको प्ले अफ चरणमा पुग्ने सम्भावना बढेको छ ।

अङ्क तालिकामा अहिले सनराइजर्स हैद्राबाद शीर्ष स्थानमा रहेको छ भने चेन्नई सुपर किङ्ग दोस्रोमा र  राजस्थान रॉयल्स चौथो स्थानमा छ।

आज मेजबान टीम मुम्बई इण्डियन्स र किङ्ग्स XI पञ्जाब बीच खेल हुनेछ। खेल बेलुकी 8 बजे सुरु हुनेछ।