राष्ट्रिय जाँच एजेन्सी अदालतद्वारा केरलामा सस्त्र प्रशिक्षणको मुद्दामा 18 जनालाई 7 वर्षको सश्रम कारावासको सजाय

केरलामा राष्ट्रिय जाँच एजेन्सी एनआईए-को एउटा विशेष अदालतले केरला सस्त्र प्रशिक्षण मुद्दामा 18 जना मानिसहरूलाई 7 वर्षको सश्रम कारावासको सजाय सुनाएको छ।

वागमन सिमी शिविर मुद्दामाथि सोमबार सुनाइएको फैसलामा अदालतले  यी 18 जनालाई अपराधी धोषित गर्दै 17 जना अभियुक्तहरूलाई चाहिँ निरपराध धोषित  गरेको छ।

जम्मा 35 जनामाथि मुद्दा चलाईएको थियो।

यस मुद्दाको सम्बन्ध प्रतिबन्धित संगठन सिमीद्वारा इदूक्की जिल्लाको वागमनमा 2007-मा सस्त्र प्रशिक्षणको लागि एउटा शिविरको आयोजना गरेको मामिलासित रहेको छ।

मुलुकका विभिन्न भागबाट आएका सिमी कार्यकत्ताहरूले यस शिविरमा भाग लिएका थिए।