आतङकी हमलामा जम्मू एवम् काश्मीरको अनन्तनाग जिल्लामा एकजना प्रहरीको निधन

जम्मू एवम् काश्मीरमा अनन्तनाग जिल्लाको बिजबेरा शहरमा मंगलबार दिँउसो भएको एक आतङ्की हमलामा एकजना प्रहरी मारिएका छन्।

शहरको पदशाह बास पाजलपुरा इलाकामा अज्ञात आतङ्कीहरूद्वारा प्रहरी  वाहनमाथि हमला गरिँदा विशेष प्रहरी अधिकारी अब्दुल रशिद गोली लागेर गम्भीर रूपले घाइते भएका थिए र  पछि उनको निधन भएको सुरक्षा सुत्रहरूले अल इण्डिया रेडियोलाई बताए।

हमलाकारीहरूलाई समात्न सुरक्षा बलहरूले व्यापक खोज-तलास सुरु गरेको सुत्रहरूले बताएका छन।